+

जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट

२०७८ चैत  ११ गते १०:३३ २०७८ चैत ११ गते १०:३३
जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट

११ चैत, काठमाडौं । जापान, साउदी अरेविया, इक्वेडर र युरुग्वे विश्वकप फुटबलमा छनौट भएका छन् ।

यीसँगै ९ महिनापछि कतारमा हुन लागेको विश्वकपमा छानिने टिमको संख्या १९ पुगेको छ । अझै १३ टिम छानिन बाँकी छ ।

एशियाली क्षेत्रबाट कतार विश्वकपमा छानिने जापान चौथो र साउदी अरेविया पाँचौं देश हो । अष्ट्रेलियालाई

तेश्रो चरणको नवौँ खेलमा अष्ट्रेलियालाई २-० ले हराउँदै जापानले विश्वकपमा स्थान बनाएको हो । जापानसँग हारेको अष्ट्रेलियाको विश्वकप खेल्ने संभावना बाँकी नै छ । जापानले यसअघि ६ पटक विश्वकप खेलिसकेको छ ।

साउदी अरब भने यसअघि नै विश्वकप दौडबाट बाहिरिएको चीनलाई १-१ को बराबरीमा रोकेर विश्वकपमा छानिएको हो । उसले यसअघि ५ पटक विश्वकप खेलिसकेको छ ।

ल्याटिन अमेरिकी देश इक्वेडरले चौथो पटक विश्वकपमा स्थान बनाएको हो । सन् १९३० को पहिलो र १९५० को चौथो संस्करणको विजेता युरुग्वे भने चौधौं पल्ट विश्वकपमा पुगेको हो ।

विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय