+
+

थप ८ जनामा कोरोना संक्रमण, काठमाडौंमा ३ जना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते १५:५६

१२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९७ पीसीआर परीक्षणमा आठ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३ जना, ओखलढुंगा, मोरङ, स्याङ्जा, रोल्पा र दाङमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

९५९ जनामा एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७५८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?