+
+

व्यास नगरपालिकाले फिर्ता ल्यायो अतिक्रमित सार्वजनिक जग्गा

रासस रासस
२०७८ चैत १२ गते १८:५७

१२ चैत, तनहुँ । व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएर जग्गा फिर्ता ल्याएको छ ।

व्यास नगरपालिका–२ स्थित डाँग्रीखोल्सीलगायत विभिन्न स्थानका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएर करिब तीन रोपनी जग्गा फिर्ता ल्याएको हो ।

नगरपालिकाले गत माघ २६ गते अतिक्रमण गरी बनाइएका केही घरटहरा भत्काए पनि केही घरमा पसलका सामग्री रहेका कारण गत फागुन १ गतेभित्र व्यक्ति स्वयम्ले भत्काउने सहमतिमा छाडेको थियो । सहमतिअनुरुप बनाइएका घरटहरा भत्काउन व्यक्तिले चासो नदेखाएपछि पटकपटक मौखिक एवं पत्राचार गर्दा पनि बेवास्ता गरेको पाइएकाले भत्काइएको वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए ।

‘पटक पटकभन्दा पनि कुनै सुनुवाइ भएन’, उनले भने, ‘एक महिनाभन्दा बढी समय बित्दा पनि बेवास्ता भएको देखिएपछि नगरपालिकाले चासो देखाई भत्काएको हो ।’ दमौली बजार क्षेत्रका ठूला व्यक्तिले नै सार्वजनिक जग्गा अतिक्रमण गरी कब्जा गर्न थालेपछि अन्य सर्वसाधारणले पनि क्रमिक रुपमा कब्जा गर्न थालेको उनले बताए ।

व्यास नगरपालिका–२ अन्तर्गत डाँग्रीखोल्सी, पानीघट्टा र मालेबगर क्षेत्रका चौध जना व्यक्तिबाट जग्गा फिर्ता गरी संरक्षण गर्न लागेको उनले जानकारी दिए । सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय जनजागृति र उत्तरशिला दुईवटा टोल विकास संस्थाको पहलमा रोक्न खोजे पनि सम्भव नभएको उत्तरशिला टोल विकास संस्थाका अध्यक्ष महेन्द्र रिजालले जानकारी दिए ।

यसरी अतिक्रमण गरी बनाइएका संरचनामा नगरपालिकाले डोजर लगाएर भत्काउन थालेपछि अन्य वडामा जग्गा अतिक्रमण गरी संरचना बनाएकाहरु डराउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?