+
+

अन्तिम मतदाता नामावली आज प्रकाशन गरिंदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते ९:१७

१३ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची आज प्रकाशित गर्न लागेको हो ।

आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् भने आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् ।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?