+
+

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते ११:२३

१३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण उनकै निवास खुमलटार पुगेका थिए ।

भेटमा स्थानीय तहको निर्वाचनको तयारी र समसामयिक राजनीतिबारे छलफल भएको कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

आगामी बैशाख ३० गते निर्धारित स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने विषयमा नेताहरुबीच छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?