+
+

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १५:२४

१३ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।

२५ सदस्यीय भ्रमण टोलीसहित शुक्रबार काठमाडौं उत्रिएका वाङ आइतबार स्वदेश फर्किएका हुन् ।

शुक्रबार नेपाल आएका उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेका थिए ।

शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गरेका थिए । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ गएका थिए ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार नै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको थियो ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।

विदेशमन्त्री वाङले भेघअघि दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारीसमेत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?