+
+

नेप्से ४१ अंकले घट्दा बीमा कम्पनीहरुमा भने आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १५:३०

१३ चैत, काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४१ अंकले घटेको छ । नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५५ अंकले घटेको छ ।

कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ६२ हजार १६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाँ पुगेको छ ।

बीमा कम्पनीहरुको मूल्य बढ्यो

समग्रमा बजार घटे पनि बीमा कम्पनीहरुको सेयर मूल्य भने बढेको छ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निणर्य गरेको छ । समितिको निणर्य अनुसार हाल २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको जीवन बीमा कम्पनीहरुले ५ अर्ब र हाल १ अर्ब रुपैयाँमात्रै चुक्ता पुँजी तोकिएका निर्जिवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्नेछ ।

बीमा समितिको पुँजी वृद्धिको निणर्य पछि धेरै निर्जिवन बीमा कम्पनीहरुको सेयर मूल्य बढेको छ । सानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, अजोड इन्स्यारेन्स लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?