+
+

बैंकहरुको सीडी रेसियो सीमा भन्दा माथि, निक्षेप बराबर नै कर्जा लगानी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते ११:३५

१४ चैत, काठमाडौं । चैत दोस्रो साता पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन दयनीय देखिएको छ । बैंकर्स संघका अनुसार पछिल्लो साता २७ वाणिज्य बैंकको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत भन्दा माथि छ ।

नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तर अधिकांश बैंकले सीडी रेसियोलाई सीमाभित्र कायम राख्न सकेका छैनन् ।

पछिल्लो एक सातामा बैंकको निक्षेप संकलन र कर्जा लगानी बराबर देखिएको छ । ४ चैतसम्म २७ वाणिज्य बैंकको निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ थियो । ११ चैतसम्म निक्षेप जम्मा २ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि एक सातामा २ अर्ब रुपैयाँले नै बढेको छ ।

संघले दिएको जानकारी अनुसार ४ चैतमा ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप ११ चैतमा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । ३० फागुनमा बैंकहरुमा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण लगानीमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?