+
+

ओस्कार मञ्चमा हंगामा : सर्वोत्कृष्ट अभिनेता घोषित विल स्मिथले होस्टलाई हाने थप्पड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते ११:३५

काठमाडौं । अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्ड समारोह चलिरहेको थियो । त्यसैबीच स्टेजमा आएका क्रिस रकले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरे । त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गए र क्रिसलाई जोडले थप्पड हाने ।

विलले रकलाई चेतावनी दिंदै भने, ‘मेरी श्रीमतीको नाम कहिल्यै मुखबाट उच्चारण नगर्नु ।’ क्रिस रक एक अमेरिकी हास्य कलाकार हुन् । सो कार्यक्रममा युक्रेनको समर्थनमा दुई मिनेट मौन धारण गरिएको थियो । यससँगै युक्रेनलाई सहयोग गर्न सक्नेलाई सहयोगको अपील पनि गरिएको थियो ।

अवार्ड कार्यक्रममा हुमा कुरैशीको ‘आर्मी अफ द डेड’ले फ्यान च्वाइस अवार्ड पाएको छ । केनेथ ब्रानाघले फिल्म बेलफास्टका लागि बेस्ट ओरिजिनल स्क्रिन प्ले अवार्ड जिते । चलचित्र ‘द लङ गुडबाई’ले लाइभ एक्सन सर्ट फिल्मको एकेडेमी अवार्ड पाएको छ । जेनी बेवनले ’क्रुएला’ को लागि उत्कृष्ट कस्ट्युम डिजाइन अवार्ड प्राप्त गरे ।

राइटिङ विथ फायर’ दौडबाट बाहिरियो

द समर अफ सोलले उत्कृष्ट डकुमेन्ट्री फिचर विधामा ओस्कार अवार्ड जित्यो । भारतको फिल्म राइटिङ विथ फायरले पनि यस वर्ष आधिकारिक प्रवेश पाएको थियो । तर फिल्मले अवार्ड जित्न सकेन । फिल्मलाई रिन्टु थोमस र सुस्मित घोषले निर्देशन गरेका हुन् ।

ट्रोय कोटसरको ‘कोडा’ले पायो बेस्ट सपोर्टिङ एक्टर अवार्ड

फिल्म ‘कोडा’का लागि ट्रोय कोट्सरले उत्कृष्ट सहअभिनेताको अवार्ड जितेका छन् । त्यस्तै, एरियाना डिबोसले ‘वेस्ट साइड स्टोरी’का लागि बेस्ट सपोर्टिङ विधाको अवार्ड प्राप्त गरिन् । फिल्म ‘कोडा’का लागि सहायक भूमिकाका लागि ट्रोय कोट्सरले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । ५३ वर्षीय कोटसारको यो पहिलो ओस्कार हो । अवार्ड ग्रहण गर्दै उनले सांकेतिक भाषामा जनतासँग कुरा गरे र यो पुरस्कार कोडा समुदायलाई समर्पित गरे ।

बेस्ट इन्टरनेसनल फिचर फिल्म ‘ड्राइभ माई कार’

जापानको ‘ड्राइभ माई कार’ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको ओस्कार जितेको छ । यस विधामा फ्लि, द ह्यान्ड अफ गार्ड, लुनानाः ए याक इन द क्लासरूम, द वस्र्ट पर्सन इन द वर्डलाई नोमिनेसनमा पारिएको थियो ।

ड्युन’लाई ११ विधामा ६ अवार्ड

ड्युन फिल्मले अहिलेसम्म ६ ओस्कार जितेको छ । जसमा बेस्ट फिल्म इडिटिङ, बेस्ट ओरिजिनल स्कोर, बेस्ट प्रोडक्सन डिजाइन, बेस्ट साउन्ड, बेस्ट भिजुअल इफेक्ट र ग्रेग फिसरले बेस्ट सिनेमोट्रोग्राफर अवार्ड जितेको हो ।

तीन जनाले गरे कार्यक्रमको होस्ट

कोरोना महामारीका कारण तीन वर्षदेखि ओस्कार अवार्ड भौतिक रुपमा आयोजना हुन सकेको थिएन । यो वर्ष भने रेककार्पेटसहित भव्य रुपमा अवार्ड समारोह आयोजना गरिएको छ । यसपटक तीन जनाले कार्यक्रम सञ्चालन गरेका थिए । प्राइमटाइम एमी अवार्ड विजेता लेखक र कमेडियन वान्डा साइक्स, स्ट्यान्ड–अप कमिक एमी शुमर र अभिनेत्री रेजिना हलले कार्यक्रमको होस्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?