+
+

पुल्चोकबाट चितुवाको छालासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १३:१३
फाइल तस्वीर

१४ चैत, ललितपुर । प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।

वाग्लुङको तमान गाउँपालिका-४ घर भई काठमाडौं सामाखुसी गणेशस्थान बस्‍दै आएका २७ वर्षीय नर बहादुर गौतमलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले चितुवाको ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला बरामद गरेको छ । ।

ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवन अगाडि सडकमा बा.२ ज ४९५१ नम्बरको ट्याक्सीमा सवार नर बहादुरले बोराभित्र प्लाष्टिकले बेरी राखेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?