+
+

टी-२० अन्तर्राष्ट्रियमा कुशलको ५०० रन पूरा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १४:०५

१४ चैत, काठमाडौं । नेपाली ओपनर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५०० रन पूरा गरेका छन् । उनले १२ इनिङ्समै यो उपलब्धि हासिल गरेका हुन् ।

२०२१ अप्रिल १७ मा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलामा टी–२० डेब्यू गरेका कुशलले सोमबार त्रिवि मैदानमा पपुवा न्युगिनीविरुद्ध २० रन बनाएसँगै ५ सय रनको कोशेढुंगा पार गरेका हुन् । कुशलको टी–२० अन्तर्राष्ट्रिय रन ५१८ पुगेको छ ।

१२ इनिङ्समा उनले पाँच अर्धशतक र १ शतक बनाएका छन् । अघिल्लो महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा फिलिपिन्सविरुद्ध उनले १०४ रनको अविजित पारी खेलेका थिए । सोही प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा ओमानविरुद्ध अविजित ५५ रन बनाएका थिए ।

डेब्यू शृंखलामै कुशलले नेदरल्याण्ड्सविरुद्ध ३ तथा मलेसियाविरुद्ध १ अर्धशतक बनाएका थिए । एक वर्षको अवधिमा कुशलले टी–२० मा नियमित उत्कृष्ठ प्रदर्शन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमै छिटो ५ सय रन पूरा गर्ने कुशल सम्भवतः पहिलो क्रिकेटर हुन् । यसअघि भारतका केएल राहुलले १३ इनिङ्समा यो उपलब्धी हासिल गरेका थिए ।भारतका पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियमा ५०० रन पूरा गर्न १६ इनिङ्स लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?