+
+

१४ वर्षपछि ओस्कार जित्दा जापानमा खुसीयाली, प्रधानमन्त्रीले गरे प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १७:२७

टोकियो । १४ वर्षपछि देशले ओस्कार अवार्ड भित्र्याएपछि जापानमा खुसीयाली छाएको छ । सडकदेखि सरकारसम्म ओस्कार विजेता फिल्म टिमको प्रशंसा भइरहेको छ ।

रिउसुके हामागुची निर्देशित फिल्म ‘ड्राइभ माइ कार’ले सोमबार बिहान ओस्कारको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधातर्फ जित हासिल गरेको थियो ।

फिल्मले ओस्कार पाएसँगै लेखक हारुकी मुराकामीको पुनः चर्चा चुलिएको छ । प्रतिष्ठित नोबेल पुरस्कार जित्ने अपेक्षा गरिएका उनको प्रतिष्ठा अझै चुलिने विश्लेषण जापानमा गर्न थालिएको छ ।

पत्नी गुमाएको एक रंगमञ्चका अभिनेताले विगतबाट मुक्ति पाउन गर्ने संघर्ष यो तीन घण्टा लामो फिल्मको कथावस्तु हो । मुराकामी लिखित एक कथामा फिल्म आधारित छ ।

अन्तर्राष्ट्रिय बेस्टसेलर लेखक समेत रहेका मुराकामीले नोबेल पुरस्कार जित्ने प्रक्षेपण पटक–पटक हुँदै आएको छ । यो फिल्मले कान्स फेस्टिभलमा पटकथा विधामा जित दर्ता गरेको थियो ।

फिल्म ‘डिपार्चर’ले सन् २००९ मा ओस्कर जितेयता जापानको यो दोस्रो ओस्कार विजय हो । यसपटकको ओस्कारमा ‘ड्राइभ माइ कार’ सर्वोत्कृष्ट फिल्मको विधामा समेत मनोनित भएको थियो, तर त्यो विधामा एप्पल प्लसको फिल्म ‘कोडा’ले जित दर्ता गर्‍यो ।

‘उत्कृष्ट फिल्म जापानी फिल्मको लागि ठूलै बाधा हो, तर भविष्यमा थप जापानी फिल्मको पहिचान पनि हुनेछ,’ राजधानी टोकियोमा कार्यरत ३१ वर्षीया सञ्चारकर्मी अजुसा सिजिमाजुले रोयटर्ससँग भनिन् ।

‘एकेडेमी अवार्डको मुख्य आधार अमेरिकी फिल्म भएकाले जापानी फिल्मले पनि यो प्रतिष्ठित अवार्ड जित्न सफल भएकोमा म साँच्चै खुसी छु,’ टोकियोमा फिल्मको पोस्टर हेर्दै गरेका ६० वर्षिय ओसामु कानेकाले भने ।

जापानको मन्त्रिपरिषद् कार्यालयका सचिव हिरोकाजु मात्सुनोले फिल्मको जित रोमाञ्चक समाचार भएको बताए । प्रधानमन्त्री फुमियो किसिदाले फिल्मको छायांकन भएको हिरोसिमा क्षेत्र आफ्नै निर्वाचन क्षेत्र भएकाले आफू थप भावुक भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘म यसलाई सफ्ट पावरको स्रोत र जापानी संस्कृतिलाई विश्वमा फैलाउने सांस्कृतिक र कलात्मक गतिविधिहरुको समर्थनलाई बलियो बनाउने अवसरको रुपमा उपयोग गर्न चाहन्छु ।’

रोयटर्ससँग कुरा गरेका कतिपयले पुरस्कारले लेखक मुराकामीको प्रतिष्ठा अझै वृद्धि हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?