+
+

औषधि उत्पादकको स्पष्टीकरण : ५०० एमजीको सिटामोलको उत्पादन रोक्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १७:५३

१३ चैत, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) ले ५०० एमजी सिटामोलको उत्पादन नरोक्ने स्पष्टीकरण दिएका छन् ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी ६५० एमजीको सिटामोल उत्पादन गरे पनि नेपालमा ५०० एमजीको सिटामोल उत्पादन नरोकिने बताएका हुन् ।

औषधि सल्लाहकार समितिको हालै बसेको ५३औं बैठकले नेपालमा पनि ६५० एमजीको सिटामोल उत्पादन गर्ने र त्यसको मूल्य प्रतिट्याब्लेट दुई रुपैयाँ बनाउने निर्णय गरेको थियो ।

यसअघि ५०० एमजीको सिटामोल उत्पादन हुँदै आएकामा अब सिटामोलको डोज बढाएर जनस्वास्थ्यमाथि नै खेलबाड गर्न खोजिएको भन्दै विरोध भएको थियो ।

तर औषधि उत्पादकले भनेका छन्, ‘‍‍‍‍‍…५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजीको पनि उत्पादन गर्नको लागि अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।’

त्यसैगरी, कोभिड-१९ महामारीमा नेपाल तथा विभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले सिटामोल ६५० एमजी मात्र नभई एक हजार एमजीसम्मको डोज आवश्यक भएको बताएका भन्दै औषधि उत्पादकहरुले नेपालमा ६५० एमजी सिटामोलको उत्पादन गरेको तर्क गरेका छन् ।

तर, अध्ययन र क्लिनिकल परीक्षण बिना सिटामोलको मूल्य बढाउनका लागि डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ लगायतका संस्थाले विरोध जनाएका छन् ।

हेर्नुहोस् औषधि उत्पादक संघको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?