
१४ चैत, काठमाडौं। ललितपुर महानगरपालिकामा रहेको पाटन दरबार स्क्वायर क्षेत्रमा अब ‘नो पार्किङ’ हुने भएको छ ।
दरबार क्षेत्रमा ललितपुर महानगरपालिका-१६ नम्बर वडाका वडाध्यक्ष निर्मल रत्न शाक्यले सोमबार सूचना जारी गर्दै जथाभावी पार्किङ नगर्न/नगराउन अनुरोध गरेका छन् । दरबार स्क्वायर क्षेत्रमा जथाभावी पार्किङ गरेमा ट्राफिक प्रहरीले कारबाही गर्ने सूचनामा उल्लेख छ ।
वडा कार्यालयले वडाभित्र स्थायी बसोबास गर्ने मानिसको सवारी साधनको लागि भने सवारी पासको व्यवस्था गरेको वडाध्यक्ष शाक्यले जानकारी दिए ।
पास लिनको लागि वडा कार्यालय वा मंगल टोल सुधार संघमा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।
विश्व सम्पदा सूचीमा परेको पाटन दरबार स्क्वायरमा जथाभावी पार्किङ र निर्वाध सवारीहरु छिर्दा अस्तव्यस्त हुने गरेको थियो ।
हेर्नुस् सूचना
प्रतिक्रिया 4