+
+

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री बीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १३:४१

१५ चैत, काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

श्रीलंकाको कोलम्बोमा दुई समकक्षीबीच आज भेटवार्ता भएको हो । कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक)सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।

विमिस्टेक सम्मेलन आजैदेखि कोलम्बोमा सुरु भएको छ ।

परराष्ट्रमन्त्री खड्काले यसअघि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गरेर विमिस्टेक सम्मेलनमा सहभागी हुन कोलम्बो पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?