+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १५:०२

१५ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तराईका दुई स्थानीय तहबाट कागजात नियन्त्रणमा लिएको छ । कोरोना महामारीका बेलामा राहत सामग्री वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका केही कागजात नियन्त्रणमा लिएको हो ।

‘कोरोना कालखण्डका बेलामा राहत र अरु आर्थिक सहायता वितरण भएको भनेर कागजात तयार भएको रहेछ’, अख्तियारस्रोतले भन्यो, ‘तर अन्यत्र रकम खर्च गरेको थाह पाएपछि हामीले अनुसन्धान थालेका हौं ।’

कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको अख्तियार श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?