+
+

‘एनिमल’मा रणवीरको जोडी रश्मिका

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १७:०२

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर आफ्नो फिल्म ‘ब्रम्हास्त्र’का कारण अहिले चर्चामा छन् । साथै उनको अर्को फिल्म ‘एनिमल’को पनि चर्चा छ ।

दक्षिण भारतका चर्चित निर्देशक सन्दीप रेड्डी वंगाको फिल्म ‘एनिमल’मा रणवीरसँग जोडी बाँध्न साउथ अभिनेत्री रश्मिका मन्दाना आउने भएकी छन् । यसअघि परिणिती चोपडाले अभिनय गर्ने भनिएको फिल्ममा उनी बाहिरिएपछि रश्मिकाको ‘इन्ट्री’ भएको हो ।

भारती सञ्चारमाध्यमका अनुसार रश्मिकाले ‘एनिमल’मा काम गर्नका लागि साइन गरिसकेकी छन् ।

केही समयअघि बक्स अफिसमा धमाका मच्चाएको साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’की नायिका रश्मिका अब बलिउडमा पनि छाउँदैछिन् । उनी सिद्धार्थ मल्होत्रासँग ‘सिमसन मजनू’बाट दर्शकमाझ आउँदैछिन् भने अमिताभ बच्चनका साथ ‘गुडबाई’मा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?