+
+

एनआरएनएको नयाँ टिम खुमलटारमा, प्रचण्डले गरे प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १८:५९

१५ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रचण्ड निवास खुमलटार पुगेका नवनिर्वाचित पदाधिकारीलाई उनले बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । एनआरएनएको नेतृत्व चयनमा विवाद देखिएको छ ।

प्रचण्डले आफ्ना निवासमा आएका समूहतर्फ नै बहुमत संस्थापकहरु भएकाले आधिकारिकता पाउने समेत दावी गरे ।अप्ठयारोमा पनि नेतृत्व क्षमता देखाएको भन्दै प्रचण्डले उनीहरुको प्रसंसा समेत गरे ।

‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईहरुले दिएको सन्देश हो,’ उनले भने, ‘अप्ठ्यारोको बीचबाट पनि नेपालीहरुले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरुले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’

भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मलेलनले लिएका प्रतिवद्धताबारे पनि छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ । गैरआवासीय नेपाली संघको तर्फबाट केही निष्कर्ष र योजनाहरु कार्यान्वयनका लागि प्रचण्डसँग सहयोग मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?