+
+

पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते ८:३२

१६ चैत, पोखरा । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

आज बिहान करिब चार बजेको समयमा ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी तिवारीले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?