
काठमाडौं । यतिबेला दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेको छ । एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेका छन् ।
रामचरण र जुनियर एनटीआर अभिनित साउथ फिल्म ‘आरआरआर’ले अहिले विश्व बजारमै तहल्का मच्चाइरहेको छ । यस्तो अवस्थामा बलिउड स्टारहरुलाई समेत यसले छक्क पार्नु स्वभाविक हो ।
बलिउड सुपरस्टार सलमान खानले एसएस राजामौली निर्देशित फिल्मलाई बधाई दिंदै तेलुगू फिल्मको सफलतालाई लिएर प्रश्न गरेका छन् । उनले आफ्नै शैलीमा तेलुगू फिल्मले भारतीय बक्स अफिसमा गरिरहेको सफल व्यापारलाई लिएर कमेन्ट गरेका छन् । उनले भनेका छन्, ‘हाम्रा फिल्म उनीहरुको राज्यमा चल्दैन । जबकि, उनीहरुको फिल्म पूरा देशमा सफल भएको छ ।’
दक्षिण भारतमा बन्ने फिल्मले हिरोइज्ममाथि नाटकजस्तो क्राफ्ट बनाउने भन्दै सलमानले घुमाउरो ढंगले साउथका फिल्महरु यथार्थवादी बन्न नसकेको आरोप समेत लगाए । ‘उनीहरु लार्जर द्यान लाइफ फिल्म बनाउँछन् । तर हाम्रा फिल्म रियालिस्टिक बन्नुपर्ने ती राज्यका दर्शक हामीलाई भन्छन्,’ सलमानले टिप्पणी गरेका छन् ।
उनले आफू यस्तै ‘लार्जर द्यान लाइफ’ फिल्ममा काम गरिरहेको, तर साउथका दर्शकले प्रश्न गर्न नछाडेको उनको भनाइ छ । सलमानले भविष्यमा साउथ इण्डियन निर्माताले बलिउडका फिल्मको रिमेक बनाउने आशा समेत व्यक्त गरे ।
प्रतिक्रिया 4