+
+

काठमाडौंको मेयरमा उम्मेवारी दिने तयारीमा रमेश खरेल

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १४:३०
फाइल तस्वीर

१६ चैत, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् ।

आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै खरेलले मेयरमा उम्मेवारी दिनेबारे सल्लाह भइरहेको बताए । ‘काठमाडौंको मेयरमा उठेँ भने काठमाडौंवासीको साथ पनि पाउँछु भन्ने लागेको छ’ उनले भने, ‘तर यसबारे निर्णय गरिसकेको छैन ।’

प्रहरीबाट अवकाश पाएपछि खरेल भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आक्रामक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।

सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि उनले २८ चैत २०७४ मा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?