
१६ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरी नेपालका लागि टी२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
त्रिकोणात्मक टी२० श्रृंखला अन्तर्गत मलेसिया विरुद्धको खेलमा २१ रन बनाएपछि कूल ८०३ रन पुर्याउँदै दीपेन्द्र नेपालक लागि सर्वाधिक रन बनाउने खेलाडी बने ।
उनी टी२० मा नेपालका लागि ८०० रन बनाउने पहिलो खेलाडी समेत बने । दीपेन्द्रले ३६ खेलबाट ३१ इनिङ्समा ब्याटिङ गर्दै ३ अर्धशतक मद्दतमा उक्त उपलब्धी हासिल गरेका हुन् ।
दीपेन्द्रले पूर्व कप्तान पारस खड्कालाई पछि पारेका हुन् । पारसले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक मद्दतमा ७९९ रन बनाएका थिए ।
सर्वाधिक रनको कीर्तिमान बनाएलगत्तै अर्को बलमा दीपेन्द्र आउट भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4