+
+

राससका अध्यक्ष अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १८:००

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यामललाई कामकाजमा रोक नलगाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई बर्खास्त गर्ने ६ चैतको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।

सरकारले बर्खास्त गरेपछि अधिकारीले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेशका लागि दुबै पक्षलाई २८ चैतमा छलफलमा बोलाएको छ ।

अन्तरिम आदेश छलफलबाट निर्णय नहुन्जेल सरकारको निर्णय कार्यान्वयन नगर्न र अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?