+
+

सामुदायिक भवन बनाउन वडा अध्यक्ष अन्सारीले गरे १० लाखको जग्गा दान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १९:२५

१६ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष डाक्टर अख्तर आलम अन्सारीले १० लाख रुपैयाँको जग्गा दान गरेका छन् । वडाको रामपुर टोलमा सामुदायिक भवन बनाउनका लागि जग्गा दान गरेका हुन् ।

उनले साबिक गाविस रामपुर खेस्राहाको कित्ता नं १४०२ र १४०४ को जग्गा खरिद गरेर सामुदायिक भवनको नाममा नामसारी गरिदिएका हुन् ।

वडाबासीको आवश्यकता पुरा गर्नका लागि १० लाख रुपैयाँमा जग्गा किनेर दान गरिएको वडा अध्यक्ष अन्सारीले बताए ।

‘ गाउँमा गरिब विपन्नहरुका लागि विवाह ब्रतबन्ध गराउने ठाउँ छैन । कलैया र वीरगञ्जका होटल जानुपर्छ । खर्च बढी लाग्छ । ’ उनले भने ‘ स्थानीयले सामुदायिक भवनको माग गरे, तर रामपुरमा सार्वजनिक जग्गा थिएन, त्यसैले ४ धुर जमिन किनेर दिएको हुँ ।’

वडा अध्यक्ष अन्सारीले दान गरेको जग्गामा सामुदायिक भवन बनाउन ३१ लाख रुपैयाँ बजेट पनि छुट्याएर उपभोक्ता समिति मार्फत काम अघि बढाईएको छ । एक महिना भित्रमा सामुदायिक भवन तयार भईसक्ने वडा अध्यक्ष अन्सारी बताउँछन् ।

सामुदायिक भवनका लागि जग्गा दान गर्नुको साथै वडा अध्यक्ष अन्सारीले निजी लगानीमा टेंगहर टोलमा नासिरको घरदेखि साह महम्मदको घरसम्म, कलैया गञ्जभवानीपुर सडकदेखि बम्हदेव कोईरीको घरसम्म, रामपुर अहमद अन्सारी घरदेखि नसरुद्दिनको घरसम्मको बाटो र बालकनाहीको घर जाने बाटो बनाएको वडा सदस्य महन्थ महतोले जानकारी दिए ।

त्यसैगरि उनले अबिरल वर्षाले डुबानमा पर्दै आएको रामपुर र लोधिया टोललाई डुबानबाट जोगाउन आफ्नै खर्चमा पाईप खरिद गरी पानीको निकास गराएको, रामपुर मन्दिर र मदरसा निर्माणमा र सडक नाला निर्माणमा समेत व्यक्तिगत लगानी लगाउने गरेको वडा सदस्य लक्षुमन चौधरी चौहानले बताए ।

०७८ भदौं ११ गते बसेको वडा समितिको बैठकले अध्यक्ष अन्सारीले गरेको कामको मुल्यांकन गर्दै प्रशंसापत्र प्रदान गर्न नगर कार्यापालिका समक्ष सिफारिस गरेको थियो ।

त्यसकै आधारमा ०७८ माघ १८ गते बसेको नगर कार्यपालिका बोर्डको ७९औं बैठकले जग्गा खरिद गरी दान गर्नुको साथै निजी लगानीमा बाटोहरु बनाउने कार्य गरेकोले वडा अध्यक्ष अन्सारीलाई प्रशंसा पत्र सहित सम्मान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?