+
+

द्वन्द्वकालका बेपत्ता परिवारलाई स्थानीय सरकारको ‘घर’ उपहार

दश वर्षे जनयुद्धमा श्रीमान् वेपत्ता पारिएपछि उनको जीवनमा खुसी फर्केको थिएन । बुधवार भने उनै सतली दंग थिइन् । सम्भवतः उनी धेरै वर्ष पछि यसरी मुस्कुराएकी थिइन् । नहुन् पनि किन ? करिब २१ वर्षपछि उनले घर पाएकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १९:३०

१६ चैत, दाङ । २०५८ साल मंसिर २ गते जीतबहादुर घर्तीलाई नेपाली सेनाले पक्राउ गरी घोराहीको ब्यारेकमा पुर्‍यायो । सोधपुछका लागि भनेर लगिएका उनी ब्यारकेबाटै वेपत्ता पारिए ।

श्रीमान् बेपत्ता पारिएपछि ६० वर्षीया सेतली मगरको जीवन साहरा खोसियो । उनका थुप्रै दिन र रात रोएरै बिते । ०६२ सालको शान्ति प्रक्रियापछि उनी श्रमिान्को खोजिका धेरै ठाउँ धाइन् । तर श्रीमान्‌को कतै पत्तो लागेन । द्वन्द्वकालमा वेक्ता पारिएका श्रीमान् खोज्दा खोज्दै उनको झन् विचल्ली भयो । उनीसँग बस्नलाई घर भएन । बुलकुल एक्लो र बेसाहरा भइन् ।

श्रीमान् वेपत्ता भएको २१ वर्षयता उनी एउटा सानो किराना पसल भित्र दयनिय जीवन बाच्दै आएकी थिइन् । घोराहीको सेना ब्यारेक छेउको सानो किराना पसल भन्नु नै उनका लागि सबथोक थियो । त्यही बस्थिन्, त्यही खान्थिन् ।

‘श्रीमान बेपत्ता पारिएपछि उहाँको अवस्था नाजुक थियो । बस्नलाई आफ्नो घर थिएन ।’– घोराही–१४ का वडाध्यक्ष शक्तिराम डाँगीले भने ।

दश वर्षे जनयुद्धमा श्रीमान् वेपत्ता पारिएपछि उनको जीवनमा खुसी फर्केको थिएन । बुधवार भने उनै सतली दंग थिइन् । सम्भवतः उनी धेरै वर्ष पछि यसरी मुस्कुराएकी थिइन् । नहुन् पनि किन ? करिब २१ वर्षपछि उनले घर पाएकी छिन् ।

स्थानीय सरकार घोराही उपमहानगरपालिका–१४ को वडा कार्यालयले ढोडेनीमा उनको लागि घर निर्माण गरिदिएको छ । वडा कार्यालयको ७ लाख र नगरस्तरीय बजेट ३ लाख १९ हजार गरी १० लाख १९ हजारमा निर्माण गरिएको ३ कोठेघर पुर्व सभामुख कृष्णबहादुर महाराले बुधवार उनलाई हस्तान्तरण गरे ।

पूर्व सभामुख महारले द्वन्द्वपीडितका हकमा स्थानीय सरकारले उदाहरणीय काम गरेको समेत बताए । संघीयताको मर्म अनुसार स्थानीय सरकारले गरेको महत्वपूर्ण काम भएको भन्दै प्रंशसा गरे ।

घोराही–१४ का वडाध्यक्ष शक्तिराम डाँगीले द्वन्द्वपीडित परिवारलाई स्थानीय सरकारको अभिभावत्व ग्रहण गर्न भन्दै वडाले घर निर्माण गरिदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?