
फाइल तस्वीर
१६ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयर लाइन्सका जहाजलाई अधिकतम समय उडाउने काम गरेको दाबी गरेका छन् । पहिले ४ देखि ५ घण्टा उडान गर्ने निगमको जहाजले अब १० देखि १३ घण्टासम्म उडान गर्न लागेको उनले बताए ।
बुधबार नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टूर एजेन्ट्स (नाट्टा)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले खतरायुक्त सामग्री ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको बताए । उनले भने, ‘जहाजहरु अहिले ग्राउन्डेड होइन, अधिकतम समय आकासमा उडाउने काम भएको छ ।’
उनले नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गर्न लागिएको भन्दै अन्य गन्तव्य समेत उडान विस्तार हुने क्रममा रहेको बताए ।
थाइल्याण्डको बैंककमा हप्तामा दुई र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी तयारी गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4