+
+

टस हारेर ब्याटिङ गर्दै नेपाल, आदिलको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १२:११

१७ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत आजको खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

श्रृंखलामा यसअघिका दुवै खेल जितेको नेपाल आजको खेल जित्दै फाइनलमा स्थान बनाउने योजनामा छ । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो ५०औं खेल हो ।

यही खेलबाट यू-१९ टिमका खेलाडी आदिल अन्सारीले सिनियर टिममा डेब्यु गर्दैछन् । आदिललाई राष्ट्रिय टिम छनोट समितिका प्रमुख दिपेन्द्र चौधरीले डेब्यु क्याप दिए ।

आजको खेलमा नेपालको टिममा एक परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा आदिल पहिलो रोजाईँमा खेल्दैछन् ।

डेब्यु गरेका आदिल अन्सारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?