
१७ चैत, सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा बिहीबार क्षमा पूजा गरेका छन् । उनले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन् । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्याएको थियो ।
मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।
बिहीबार मेलम्ची खानेपानीको बाढीले क्षति पुर्याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर मन्त्री चौधरीले खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गरे ।
सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरीले समयसमयमा यस आयोजनास्थलको अनुगमन गर्दै आइरहेका छन् ।
उनले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौंमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिए ।
प्रतिक्रिया 4