+

फिफा वरीयतामा नेपाल एक स्थान तल

२०७८ चैत  १७ गते १८:०० २०७८ चैत १७ गते १८:००
फिफा वरीयतामा नेपाल एक स्थान तल

१७ चैत, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

यसअघि १६७औं स्थानमा रहेको नेपाल  बिहीबार जारी नयाँ वरीयता अनुसार १६८ औं स्थानमा झरेको छ ।

नेपालले पछिल्लो मैत्रीपूर्ण खेलमा थाइल्याण्ड विरुद्ध २-० को हार बेहोरेको थियो ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १०६ औं र माल्दिभ्स १५६ औं स्थानमा छ ।

नेपाल भन्दा पछि भुटान १८७औं, बंगलादेश १८८ औं, पाकिस्तान १९७औं र श्रीलंका २०५औं स्थानमा छ ।

नयाँ वरीयता अनुसार ब्राजिल शीर्ष स्थानमा उक्लँदा बेल्जियम दोस्रो स्थानमा झरेको छ ।

यस्तै फ्रान्स तेस्रोमा, अर्जेन्टिना चौथोमा, इंग्लयाण्ड पाँचौमा, इटाली छैटौंमा, स्पेन सातौंमा, पोर्चुगल आठौंमा, मेक्सिको नवौंमा र नेदरल्यान्ड्स दशौं स्थानमा छन् ।

नेपाली राष्ट्रिय फुटबल फिफा वरीयता फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय