+
+

यामाहाले ल्यायो नयाँ वर्षमा २० लाख रुपैयाँसम्म जित्ने अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १८:३६

काठमाडौं । नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै २० लाख रुपैयाँसम्म जित्ने अफर ल्याएको छ । नयाँ वर्षलाई लक्षित गरी ग्राहकहरुका लागि ‘२०७९ x १००० गुणाले खुसी बढाउँनुहोस्’ नामको अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४= ८ हजार ३१६ देखि २०७९×१००=२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००=२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन् ।

यामाहाका बाइक/स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् ।  कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइटबाट दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन् ।

यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले  ग्राहकहरूको सन्तुष्टि नै कम्पनीको खुसी भएको भन्दै सम्भवतः नेपालका लागि पहिलो र अहिलेसम्मकै ठूलो उपहार भएको दाबी गरे । यस अफर ६ चैतदेखि सुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?