
फाइल तस्वीर
१८ चैत, काठमाडौं । नेपालबाट भारतका विभिन्न शहरमा जाने यात्रुलाई भारत सरकारले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने नियम ल्याएको छ ।
नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट भारतको नयाँ दिल्ली, मुम्बई र बैंग्लौर जाने सबै यात्रुले जहाजमा चढ्नु अगाडि नै एयर सुविधा फारम भर्नु पर्ने भएको छ । यस्तो फारम नयाँ दिल्ली एयरपोर्टको आधिकारिक वेवसाइटबाट भर्न सकिने बताइएको छ ।
निगमका अनुसार यस्तो फारम भरेका यात्रुले मात्र भारतीय शहरमा जान निगमको जहाजमा चढ्ने अनुमति पाउने भएका छन । भारतबाट नेपाल आउने यात्रुको हकमा भने नेपालमा कुनै पनि प्रकारको फारम अनिवार्य छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4