+
+

बझाङको पर्यटन प्रवर्द्धनका लागि सेती नदीमा र्‍याफ्टिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १९:४३

१८ चैत, धनगढी । बझाङमा पर्यटन प्रवर्द्धनका लागि सेती नदीमा र्‍याफ्टिङ कार्यक्रम गरिएको छ । बझाङको पर्यटन प्रवर्द्धनका लागि एक्सपोलोर सुदूरपश्चिम टुर एण्ड एड्भेन्चरको आयोजना तथा उद्योग वाणिज्य संघ बझाङ र कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चरको समन्वयमा सेती नदीमा र्‍याफ्टिङ सुरु गरिएको हो ।

एक्सपोलोर सुदूरपश्चिम टुर एण्ड एड्भेन्चरका सञ्चालक तथा धनगढीका पर्यटन व्यवसायी किशोर खड्काले जिल्ला समन्वय समिति बझाङका प्रमुख खड्कबहादुर खड्का लगायतका स्थानीय जनप्रतिनिधिको उपस्थितीमा शुक्रबार तलकोट गाउँपालिका–१ को तातोपानी कुण्डमा र्‍याफ्टिङ कार्यक्रमको शुभारम्भ गरिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रमपछि सेती नदीको तातोपानी कुण्डदेखि करीब ८ किलोमिटरको दुरीमा रहेको सदरमुकाम चैनपुर नजिकैको पानकोट पुलसम्म र्‍याफ्टिङ गरिएको बताए । सो क्षेत्रमा सेती नदीमा र्‍याफ्टिङ परीक्षणपछि मात्र र्‍याफ्टिङ गरिएको खड्का बताउँछन् ।

‘बझाङ जिल्ला विभिन्न पर्यटकीय गतिविधिको सम्भावना बोकेको जिल्ला हो तर अहिले हामीले जलयात्राको सम्भावनालाई उजागर गर्न र्‍याफ्टिङको सुरुवात गरेका छौं,’ खड्काले भने, ‘अब यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य राखेका छौं । टाढा टाढाबाट बझाङ घुम्न आउने जोसुकैले पनि बोटिङको मज्जा लिएर जान सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?