+

फिफा विश्वकपको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने

२०७८ चैत  १९ गते १०:३४ २०७८ चैत १९ गते १०:३४
फिफा विश्वकपको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने

१९ चैत, काठमाडौं । जर्मनी र स्पेन आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने भएको छ ।

समूह एमा रहेका यी दुई टोलीबीच २१ नोभेम्बरका दिन कतारको अल थुमाम स्टेडियममा हुनेछ । खेल कतारको समय अनुसार साँझ ६ बजे हुनेछ ।

पहिलो दिन ४ खेल हुनेछन् ।  आयोजक कतार र इक्वेटरबीच उद्घाटन खेलका रुपमा हुनेछ । इंग्ल्याण्ड र इरान तथा अमेरिकासँग प्लेअफबाट आउने युक्रेन,वेल्स र स्कटल्याण्डमध्ये एक टिमबीचको खेल पनि पहिलो दिन नै हुने छ ।

फिफा विश्वकपमा सामान्यतया पहिलो दिन उद्घाटन खेल हुने प्रचलन भए पनि यसपटक पहिलो दिन नै चारवटा खेल हुने भएका छन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय