+
+

राष्ट्रिय तेक्वान्दोमा बागमती बन्यो टिम च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते १८:४०

१९ चैत, काठमाडौं । बाग्मती प्रदेशले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।

बाग्मतीले ९ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो । शनिबार सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण र १ कांस्यसाथ नेपाल प्रहरी दोस्रो भयो । तेस्रो स्थानको लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ५ कांस्य हात पार्‍यो ।

सिनियरको पुरुषमा लुम्बिनीका नवराज बस्नेत तथा महिलामा प्रहरीकी कञ्चन थापा उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा प्रदेश १ का सुशान्त थापा तथा महिलामा सुदूरपश्चिम प्रदेशकी गीता कठायत उत्कृष्ट खेलाडी चुनिए । कर्णाली प्रदेशले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

दुई दिने प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । २ सय ३७ खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?