+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डीआर उपाध्याय : चार वर्षमा १०८ कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते ७:५४

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायले चार वर्षको अवधिमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत १०८ विश्व रेकर्ड बनाएको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट २८ कीर्तिमानको प्रमाण पत्र बुझ्दै उपाध्यायले योसँगै आफ्नो विश्व कीर्तिमानको संख्या १०८ पुगेको बताए ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाइसकेका डा. उपाध्यायले एभरेस्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, द बृटिस वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वर्ल्ड रेकर्ड जस्ता विश्व वर्ल्ड रेकर्ड प्रदान गर्ने संस्थाबाट प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा खनालले सिर्जनामार्फत् आफ्नो मुलुकको पहिचान अझ उच्च बनाउने काम गरिरहेको भन्दै उपाध्यायलाई बधाई दिए ।

गीतकार संघका निवर्तमान अध्यक्ष चुणामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठलगायतले गीतकार उपाध्यायको कामको प्रशंसा गरेका थिए ।

कार्यक्रममा उपाध्यायका ८ एल्बम समेत एकसाथ बिमोचन गरिएको थियो । यस अगाडि उनका २५ गीति एल्बम र १२ उपन्याससमेत सार्वजनिक भएका छन् ।

कार्यक्रममा एभरेस्ट वर्ल्ड रेकर्डका फाउन्डर मथुराप्रसाद श्रेष्ठ, साहित्यकार प्रा.डा.नारायण खनाल, नेपाल टेलिभिजनका बोर्ड सदस्य सवनम मुखिया, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको उपस्थिति थियो ।

पत्रकार नरेश भट्टराई, कुबेरराज गिरी, कृष्ण भुसाल, गीता अधिकारी, संगीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, निर्देशक माइकल चन्द, भिडियो सम्पादक सिलन लम्साल, छायाकार उत्सव दाहाललाई युरोपियन रेकर्ड बुकको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?