+
+

इंग्ल्याण्डलाई हराएर अस्ट्रेलियाले जित्यो महिला विश्वकप

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १४:११

२० चैत, काठमाडौं । साविक विजेता इंग्ल्याण्डलाई ७१ रनले पराजित गरी अस्ट्रेलियाले आईसीसी एकदिवशीय महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

न्युजिल्याण्डको क्राइष्ट चर्चमा अस्ट्रेलियाले दिएकोृ ३५७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली ४३.३ ओभरमा २८५ रनमै समेटियो ।

नेट सिभरले १४८ रनको शानदार पारी खेले पनि इंग्ल्याण्डलाई जित दिलाउन सकिनन् । एउटा एण्डबाट उनले पारी संहाले पनि अर्को एण्डबाट लगातार विकेट झरिरह्यो । सिभरले १२१ बलमा १५ चौका र १ छक्का प्रहार गरेकी थिइन् ।

बलिङतर्फ अस्ट्रेलियाकी एलाना किङ र जेस जोनासेनले ३-३ विकेट लिए । मेगान शटले १ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ओपनर एलिसा हिलेको शानदार शतकीय योगदानमा ठूलो स्कोर खडा गरेको थियो । अस्ट्रेलियाका शीर्ष क्रममा अरु दुई ब्याटरले पनि अर्धशतकीय योगदान गरेका थिए ।

हिलेले १३८ बलमा २६ चौकाको सहयोगमा १७० रनको करिअरकै उत्कृष्ट पारी खेलिन् । उनले रचेल हेनेससँग पहिलो विकेटका लागि १६० रनको साझेदारी गरिन् । हेनेसले ६८ रन बनाइन् ।

हिलेले दोस्रो विकेटका लागि बेथ मूनीसँग मिलेर १५८ रनको थप साभेदारी गरेपछि अस्ट्रेलियाले विशाल योगफल बनाएको हो । मूनीले ६२ रनको योगदान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?