+
+

भारतीय फिल्म प्रचारको आरोपमा आर्यनले भने- मोबाइलमा पनि बलिउड गीत छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १७:२६
अभिनेता आर्यन सिग्देल । फाइल तस्वीर

काठमाडौं । गत साता अभिनेता आर्यन सिग्देल दुई कारणले चर्चामा रहे । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलरको प्रशंसा गरेपछि उनीविरुद्ध नेपाली फ्यान आक्रोशित भए ।

यस्तै अहिले हलमा चलिरहेको फिल्म ‘आरआरआर’ हेर्न आर्यन हलमै पुगेको कुरासम्म पनि आयो । यी दुई कारणले उनी चर्चा र विवादमा रहे ।

तर आर्यन आफूविरुद्धका यी आलोचनाको खण्डनमा उत्रिएका छन् । आइतबार आफू अभिनित म्युजिक भिडियो ‘लैजाऊ लैजाऊ’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो बचाउ गरे । उनले आफू ‘आरआरआर’ नभई ‘चिसो एस्ट्रे’ हेर्न हलमा पुगेको दाबी गरे ।

भारतीय फिल्मको प्रचारप्रसारमा साथ दिएको भन्ने आरोपमा उनले भने, ‘मेरो मोबाइलमा एउटा बलिउड गाना समेत छैन ।’ तर ‘केजीएफ’को ट्रेलरमा गरिएको कमेन्टबारे भने उनी मौन रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?