+
+

सिमरा सेजमा निफ्राले लगानी गर्ने

पाँचखालमा सेज निर्माण गर्न विदेशी लगानी जुटाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १९:१६

२० चैत, काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल इन्फ्रास्टक्चर विकास बैंक (निफ्रा) बीच लगानीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सेजका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार समझदारी पछि अब क्रमबद्ध रुपमा बाराको सिमारामा निफ्राले ५ अर्ब रुपैयाँ लगानी गर्नेछ भने पाँचखालमा नयाँ विशेष आर्थिक क्षेत्र निर्माण गर्न विदेशी बहुराष्ट्रिय कम्पनीबाट लगानी जुटाउने छ ।

सम्झौताअनुसार सिमरा सेजको ब्लक ‘ए’ र ‘बी’ मा उद्योग विस्तार गर्ने गरी निफ्राले ६ महिना भित्रै लगानी गर्ने उनले बताए । यस्तै हालको भन्दा राम्रो पूर्वाधारसहितको आर्थिक क्षेत्र काभ्रेको पाँचखालमा निर्माण गर्न पनि बैकले सघाउने उनले बताए । सम्झौतापत्रमा सेजका कार्यकारी निर्देशक डा.चण्डिका भट्ट र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?