+
+

मकवानपुरबाट ट्रकसहित ९० केजी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते ११:५३

२१ चैत, मकवानपुर । प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका-६स्थित पुर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवनतर्फबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेक जाँच गर्दा क्‍याबिनमा गाँजासहित उनलाई ईलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अलीलाई लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?