+
+

नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारले भने- चुनावमा चन्दा दिंदैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १२:११

२१ चैत, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आसन्न निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारहरुले संयुक्त वक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरुले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको बताएका छन् । उनीहरुले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै पनि समयमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन ।’

आफ्ना कर्मचारी र साझेदारहरुप्रति लक्षित जबरजस्ती, त्रास वा धम्कीसमेत स्वीकार्य नहुने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?