+
+

यी साउथ फिल्मले दिनेछन् बक्स अफिसमा बलिउडलाई थप चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १२:५९

काठमाडौं । एक समय थियो, भारतीय फिल्म भन्नु नै बलिउडलाई चिनिन्थ्यो । तर अब दक्षिण भारतीय (साउथ) फिल्म उद्योगले बलिउडलाई ठूलो चुनौती दिन थालेको छ । हिजोआज भारतीय बक्स अफिसमा साउथ फिल्मले आक्रामक कमाइ गरेर नयाँ नयाँ रेकर्ड राखिरहेका छन् ।

कोरोना महामारीपछि सिनेमा हल खुलेसँगै साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित तेलुगू फिल्म ‘पुष्पा’ले बक्स अफिसमा धमाका मच्चायो । हाल सिनेमा हलमा प्रदर्शन भइरहेको ‘आरआरआर’ त बक्स अफिसमा अर्को आँधी नै ल्याइदिएको छ ।

यी दुई फिल्मको व्यापारपछि बलिउडकर्मीहरु पनि झस्किएका छन् । पछिल्लो समय रिलिज भएको ‘द कश्मीर फाइल्स’बाहेक अरु बलिउड फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।

आगामी दिनमा रिलिज हुने अन्य साउथ फिल्मले पनि आफ्नो दबदबा कायमै राख्ने संकेत देखिएको छ ।

केजीएफ च्याप्टर २

यही अप्रिल १४ मा रिलिज हुने तयारीमा रहेको कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ यो वर्षकै सर्वाधिक प्रतीक्षित फिल्ममध्ये एक हो । साउथ स्टार यशको केन्द्रीय भूमिका रहेको फिल्म एक्सन ड्रामामा आधारित छ । प्रशान्त नील निर्देशित यो फिल्मको पहिलो सिरिज सन् २०१८ मा रिलिज भएको थियो । त्यसबेला उक्त फिल्मले कमाइको रेकर्ड नै तोडेको थियो ।

‘केजीएफ च्याप्टर २’मा यशका अलावा सञ्जय दत्त, रविना टण्डन र प्रकाश राजको पनि मुख्य भूमिका रहेको छ ।

बीस्ट

यो सूचीमा पावर स्टार विजयको फिल्म ‘बीस्ट’ पनि समावेश छ । विजयका साथ पूजा हेग्डेको प्रमुख भूमिका रहेको फिल्मको ट्रेलर केही समयअघि सार्वजनिक भएको छ । ‘बीस्ट’ यही अप्रिल १३ मा सिनेमा हलमा रिलिज हुँदैछ ।

आदिपुरुष

‘बाहुबली’ फेम्ड स्टार प्रभास साउथका लोकप्रिय अभिनेता हुन् । उनको हालै ‘राधे श्याम’ फिल्म रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा ठिकठाक व्यापार गरेको थियो ।

अब उनी ‘आदिपुरुष’मार्फत पुनः दर्शकमाझ आउँदैछन् । यो फिल्ममा प्रभास ‘राम’को भूमिकामा देखिनेछन् । आगामी वर्षको जनवरी १२ मा रिलिज हुने फिल्म अहिलेदेखि नै प्रतीक्षित बनेको छ । फिल्ममा प्रभासका साथ सैफअली खान र कृति सेननको मुख्य भूमिका छ ।

सालार

प्रभासको अर्को फिल्म ‘सालार’ पनि चर्चामा छ । प्रशान्त नीलको निर्देशन रहेको यो फिल्ममा प्रभासका अलावा श्रुति हसन र जगपति बाबुको मुख्य भूमिका रहेको छ । प्रशान्त नील निर्देशित ‘केजीएफ च्याप्टर २’ यही अप्रिल १४ मा रिलिज हुने भएकाले ‘सालार’को प्रदर्शन मिति भने तय भइसकेको छैन ।

आचार्य

बक्स अफिसमा धमाका मच्चाइरहेको ‘आरआरआर’पछि तेलुगू सुपरस्टार राम चरण फिल्म ‘आचार्य’मार्फत फेरि दर्शकमाझ आउँदैछन् । फिल्ममा राम चरणका अलावा चिरञ्जीवी, काजल अग्रवाल, पूजा हेग्डे र सोनु सूद लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्म अप्रिल २९ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?