+
+

रुसका ३ साइबर हमला जसबाट पश्चिमा देशहरु डराउँछन्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १४:०४

२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशका निजी कम्पनी तथा संस्थाहरुलाई आफ्ना डिजिटल ढोकाहरु सुरक्षि रुपमा बन्द राख्न आग्रह गरेका छन् । खुफिया एजेन्सीहरुका सूचनालाई उद्धृत गर्दै बाइडेनले अमेरिकामाथि रुसले साइबर आक्रमण गर्ने योजना बनाइरहेको दाबी गरेका छन् ।

बेलायतका साइबर अधिकारीले पनि ह्वाइट हाउसका तर्फबाट साइबर सेक्योरिटीका विषयमा सावधानी अपनाउन गरिएको उक्त अपिलको समर्थन गरेको छ । यद्यपि रुसले साइबर आक्रमणको तयारी गरिरहेको छ भन्ने कुराको कसैले पनि कुनै सबूत प्रमाण दिएको छैन ।

स्मरण रहोस् आफुमाथिका यस्ता आरोपलाई रुसले यसअघि नै रुसोफोबिक अर्थात् रुसदेखि डराउने रोग नामाकरण गरिदिएको छ ।

तर यो सत्य हो कि रुस साइबर सुपरपावर हो र उसँग घातक साइबर टूल छन् । रुसमा यस्ता ह्याकरहरु छन् जसले साइबरको दुनियालाई तहसनहस पार्न सक्दछन् र निकै खतरनाक साइबर आक्रमण गर्न सक्दछन् ।

युक्रेन तुलनात्मक रुपमा रुसको साइबर आक्रमणबाट हालसम्म जोगिएकै छ तर विज्ञहरुका अनुसार रुसले भविष्यमा युक्रेनका सहयोगी मुलुकहरुमाथि साइबर आक्रमण गर्ने जोखिम छ।

साइबर सेक्योरिटी कम्पनी र्यापिड सेभेनका जेन इलिस भन्छन्, ‘बाइडेनको चेतावनी साँचो पनि हुन सक्दछ, खासगरी यस्तो समयमा जब पश्चिमी देशहरुले रुस विरुद्ध प्रतिबन्धहरु लगाएका छन् र ह्याकिङ मार्फत् यस अभियानमा लागेका ह्याक्टिभिस्टहरु पनि यो युद्धमा सामेल छन् । तर के पनि साँचो हो भने रुसको आक्रमण उसको योजना अनुसार अगाडि बढ्न सकिरहेको छैन ।

ऋाखिर यस्तो कुन साइबर आक्रमण हो जसले विज्ञहरुलाई पनि सबैभनदा धेरै त्रसित बनाएको छ ? त्यस्तो आक्रमण फेरिपनि हुनसक्ने चिन्ता उनीहरुले व्यक्त गरिरहेका छन् ?

ब्लाक इनर्जी : महत्वपूर्ण संरचनाहरुलाई निशाना बनाउने साइबर हमला

युक्रेनलाई प्रायः रुसको ह्याकिङको खेलमैदान भनिन्छ । रुसले साइबर हमलाको आफ्नो प्रविधि तथा टूल्सको जाँचका लागि युक्रेनमा विभिन्न हमला गरेको छ ।

सन् २०१५ मा ब्लाक इनर्जी भनिने साइबर आक्रमणमा युक्रेनको विद्युत ग्रिड नै क्षतिग्रस्त बनेको थियो । सोही आक्रमणका कारण पश्चिमी युक्रेनमा युटिलिटी कमपनीका ८० हजार ग्राहकले प्रत्यक्ष रुपमा लोडसेङिड भोग्नुपरेको थियो ।

त्यसको एक र्षपछि इन्डस्ट्रोयर नामको अर्को एक साइबर हमला भयो, जसबाट युक्रेनको राजधानी किभको २० प्रशित भागमा एक घण्टासम्म पूर्णरुपमा विजुली गएर अन्धकार छायो । उक्त साइबर आक्रमण रुसी सेनाका ह्याकरले गरेको आरोप अमेरिका र युरोपेली युनियनले लगाएका थिए ।

यूक्रेन

युक्रेनमा उक्त साइबर आक्रमणको छानविनमा सहयोग गर्ने साइबर सेक्योरिटी विज्ञ मरिना कोरोतोफिल भन्छिन् : रुसले पश्चिमी देशहरुका विरुद्ध यस्ता प्रकारका आक्रमण कोसिस गर्न सक्दछ । आफ्नो आक्रमणको क्षमता देखाउनका लागि रुसले यस्तो गर्न सक्दछ र पछि यसको जिम्मा लिएर वक्तव्य जारी पनि गर्न सक्दछ ।

तर यसो गर्नु रुसका लागि पनि खतरनाक हुनसक्ने उनी बताउँछिन् । किनकी अहिले पश्चिमा मुलुकहरुसँग पनि रुसी नेटवर्कसम्म विशेष पहुँच पुगिसकेको छ ।

नटपेट्या : अनियन्त्रित विध्वंस

नटपेट्या विश्वको इतिहासमा अहिलेसम्मकै सबैभनदा विनाशकारी साइबर आक्रमण मानिन्छ । अमेरिका, बेलायत तथा युरोपियन अधिकारीहरुले यो साइबर आक्रमणको दोष रुसी सेनामाथि लगाएका छन् ।

यो हमलामा जुन सफ्टवेयरको प्रयोग गरिएको थियो त्यो युक्रेनमा अत्यधिक प्रयोग हुने अकाउन्टिङ सफ्टवेयरको अपडेटमा हालिएको थियो । तर त्यो भाइरस विश्वभर नै फैलियो र हजारौँ कम्प्युटर प्रणालीको सिस्टमलाई ध्वस्त गरिदियो । त्यसबाट करीब १० अर्ब डलर नोक्सान भएको थियो ।

त्यसअघि उत्तर कोरियाली ह्याकरहरुमाथि पनि यस्तै खालको आक्रमण गरेर उथलपुथल मच्चाएको आरोप लागेको थियो । त्यसबेला वानाक्राइ वर्म नामको एक भाइरसले विश्वका डेढ सय मुलुकका ३ लाख कम्प्युटरका डाटा नष्ट गरिदिएको थियो । त्यसक्रममा बेलायको नेशनल हेल्थ सर्भिसले ठूलो संख्यामा विरामीहरुको अपोइन्टमेन्ट रद्द गर्नुपरेको थियो ।

यूक्रेन

इलिस भन्छिन्, ‘यो प्रकारका आक्रमणले ठूलो परिमाणमा आतंकको माहोल सिर्जन ागर्न सक्दछन् । यसबाट आर्थिक अस्थिरता फैलिने र मानिसको ज्यानै पनि जान सक्दछ ।’

एनका अनुसार यस्तो खाले साइबर आक्रमणको आशंका निकट भविष्यमा नदेखिएको भएपनि धेरै देशका संरचनाहरु प्रायः एक अर्कासँग सम्बनिधत प्रविधिमा निर्भर हुने भएकाले सदैव जोखिम रहिरहन्छ ।

तर कतिपय विज्ञका अनुसार यसतो आक्रमणको खतरा रुसमाथि पनि छ । उनका अनुसार यस्तो खाले अनियन्त्रित ह्याक एक जैविक युद्धजस्तै हो । यसमा केवल केही विशेष ठाउँहरुका महत्वपूर्ण संरचनाहरुलाई मात्र निशाना बनाउन सकिँदैन र यसको असर ठूलो क्षेत्रमा फैलिहाल्छ । वानाक्राइ र नटपेट्याको सिकार रुस पनि भएको उनको तर्क तर्क छ ।

अमेरिकी तेल पाइपलाइनमाथिको साइबर आक्रमण

सन् २०२१ को मे महिनामा ह्याकरहरुको आक्रमणका कारण अमेरिकामा तेलको एक महत्वपूर्ण पाइपलाइन बन्द गर्नुपर्यो भने अमेरिकाका विभिन्न राज्यमा संकटकालको घोषणा गरियो ।

अमेरिकाका लागि महत्वपूर्ण कोलोनियल पाइपलाइनबाट पूर्वी तटीय क्षेत्रर्फ डिजेल, पेट्रोल तथा हवाइ इन्धनको ४५ प्रतिशत आपूर्ति हुन्छ । साइबर आक्रमणपछि पेट्रोप पम्पहरुमा तहल्का मच्चियो ।

यद्यपि यो हमला रुसी ह्याकरहरुले नै गरेका थिए तर उनीहरु डार्क इन्टरनेटमा रहेका फिरौति माग्ने ह्याकरहरुको समूहले गरेको थियो । उक्त समूह रुसमै रहेको बताइन्छ । त्यसक्रममा पाइपलाइन कम्पनीले ह्याक भएको प्रणाली सूचारु ग्र्नका लागि ह्याकरालई बिटक्वाइनमा ४४ लाख डलर फिरौति दिएको थियो ।

अमेरिका

त्यसको केही हप्तापछि आइरभिल नामक अर्को फिरौति गिरोहले संसारको सबैभनदा ठूलो मासु प्रोसेसिङ कम्पनी जेबिएसमाथि साइबर हमला गर्यो र त्यसले मासुको आपूर्तिमा असर पारिदियो ।

विज्ञहरुको ठूलो डर भनेकै रुसी साइबर क्षमतालाई लिएर हो । पुटिन सरकारले साइबर अपराधी गिरोहहरुलाई अमेरिकी निशानाहरुमा सुनियोजित आक्रमण गर्नका लागि आग्रह गर्नसक्ने र त्यसले धेरै भन्दा धेरै क्षति पूराउने आशंका समेत गरिएको छ ।

के यस्ता आक्रमणको जवाफ अमेरिकाले दिनसक्छ ?

यस्तो लाग्दैन । तरपनि यदि नेटोका कुनै सदस्य मुलुकमाथि साइबर आक्रमण भयो र त्यसले जनधनको ठूलो क्षति भयो भने त्यसबाट नेटो सैन्य गठबन्धनको अनुच्छेद ५ लागू हुन सक्दछ ।

उक्त अनुच्छेद अनुसार नेटोका कुनैपनि सदस्यमाथिको आक्रमण सबै देशमाथिको आक्रमण मानिनेछ र सदस्य मुलुकहरुले संयुक्त रुपमा तयसको प्रतिकार गर्नेछन् ।

तर यदि यस्तो भयो भने यसले नेटोलाई एक अनिच्छित युद्धमा लैजानेछ । यसप्रकारको कुनै आक्रमण भयो भने त्यसको जवाफ अमेरिका र उसका छिमेकी मुलुकहरुको तर्फबाट पनि प्राप्त हुने सम्भावना छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिले नै भनिसकेका छन् कि यदि रुसले अमेरिकामाथि कुनै ठूलो आक्रमण गर्यो भने तयसका जवाफ दिनका लागि अमेरिका पूर्णरुपमा तयार छ ।

तर हालैका केही हप्तामा युक्रेन युद्धका क्रममा दुवैतर्फका ह्याकरबाट जुन प्रकारको साइबर अराजकताको अवस्था देखियो त्यसले कुरा कतिछिटै अगाडि बढ्नसक्दछ भन्ने प्रष्ट भएको छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?