+
+

यसपटक भरतपुरमा जस्तो तालमेल हुन्न : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १७:३५

२१ चैत, पोखरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा तालमेल गर्दा पार्टीलाई आगामी निर्वाचनमा समस्या पर्ने बताएका छन् ।

पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कार्यकर्तालाई स्थानीय चुनावमा एउटामा र आम निर्वाचनमा अर्को चुनाव चिह्नमा मतदानका लागि आग्रह गर्न नसकिने बताएका हुन् ।

‘पहिलो पटक ३६ लाख मतदाताले मत दिँदैछन् । उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने,’ कोइरालाले भने, ‘यो गम्भीर विषय हो । यो कुरालाई कसरी म्यानेज गर्ने ?’

०७४ सालको निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दा पनि कांग्रेसले हार्न पुगेको नेता कोइरालाले सुनाए । ‘तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन, व्यवस्थापन कसरी गर्ने’ उनले भने ।

नेता कोइरालाले अन्य ठाउँमा आवश्यकताकाअनुसार तालमेल गरे पनि अघिल्लो निर्वाचनमा भरतपुर महानगरपालिकामा भएको जस्तो तालमेल भने नगर्ने जिकिर गरेका छन् । ‘अन्य स्थानीय तहमा औचितत्यता, आवश्यकताअनुसार तालेमल गरेर अगाडि बढ्नुस् । तर, तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालिकामा जस्तो तालमेल हुँदैन’,  उनले भने ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भरतपुर महानगरपालिकामा चुनावी तालमेल भएको थियो र माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार बनेकी थिइन् । तर प्रदेश प्रतिनिधिसभा निर्वाचनमा भने माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन गरेपछि कांग्रेस असन्तुष्टी जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?