+
+
Shares

धादिङ र गोरखामा बूढीगण्डकीको मुआब्जा : बोटबिरुवादेखि भाँडा माझ्ने ठाउँसम्मको तोकियो मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते ८:५४
Photo Credit : नवीन बराल/द थर्ड पोल

२२ चैत, काठमाडौं । सरकारले जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित धादिङ र गोरखाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले आज सूचना जारी गरेर मुआब्जाका लागि निवेदन दिन आह्वान गरेका छन् ।

धादिङको साविक गाविस सलाङ, खरी, मैदी, चैनपुर, ज्याम्रुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, मार्पाक, र त्रिपुरेश्वरका वासिन्दाले मुआब्जा पाउने छन् । यसैगरी गोरखाका साविक गाविसहरु घ्याल्चोक, भुम्लिचोक, दर्बुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुअर्वाङ, आरुपोखरी र थुमीका वासिन्दालाई पनि मुआब्जा वितरण गरिने छ ।

जिल्ला प्रशासन कार्यालयहरुले घर गोठ लगायतका भौतिक संरचना, रुख, फलफूल र बोटबिरुवाहरुको मुआब्जा निर्धारण गरेका छन् । सूचनामा लेखिए अनुसार सबै प्रजातिका बिरुवाको प्रतिविरुवा १० रुपैयाँको दरले क्षतिपूर्ति पाइने छ । बाँसको पनि प्रति घना १० रुपैयाँको दर निर्धारण गरिएको छ । सबै प्रजातिका लाथ्राको प्रतिलाथ्रा ४४ रुपैयाँ तोकिएको छ ।

यसैगरी आँप, केरा, अम्बा, निबुवा, सुन्तला, कागती, नासपाती, रुख कटहर, भुईं कटहर, अनार, भोगटे, सुपारी, मेवा, मौसम, लिची, हलुवाबेद, आरु, आरुबखडा, कफी, ड्रागन फ्रुट, अंगुर, कुरिलो, घ्युफल,अलैची, स्याउ, उखु, सरिफा, मरिच, लहरे आप, लप्सी लगायतका फलफूलको प्रतिबोट १८५ रुपैयाँदेखि ११ हजार ७ सय रुपैयाँको दररेट तोकिएको छ ।

यसैगरी साल, साज, जामुन, चिलाउने, खयर, चाँप, सिसउ, मसला, उत्तिस, कटुस, सिमल, करम, हर्रो÷बर्रो लगायतका रुखको पनि प्रति क्युफिटको हिसाबले मुआब्जा तोकिएको छ ।

घरलाई उत्तम, मध्यम र सामान्य भनेर वर्गीकरण गरी मुआब्जा तोकिएको छ । यसैगरी कुखुराको खोर, भाँडा माझ्ने ठाउँ, धन्सार, पानी धारा, पालीको समेत प्रतिवर्गफिटको हिसाबले मुआब्जा तोकिएको छ ।

हेर्नुहोस् सूचना

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?