+
+

निफ : ‘महानगर’ उत्कृष्ट फिल्म, दिव्यदेवलाई करिअरकै पहिलो अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते ११:२७
'महानगर'का निर्देशक मोहन राई र 'चिसो एस्ट्रे'का अभिनेता दिव्यदेव

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ बंगलादेशी फिल्म ‘नो ग्राउण्ड बेनेअथ द फिट’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ ।

मोहम्मद रब्बी मृधा निर्देशित फिल्मले जितसँगै १५ सय अमेरिकी डलर र ट्रफी प्राप्त गर्‍यो । राष्ट्रिय प्रतिस्पर्धातर्फ मोहन राई निर्देशित ‘वान नाइट इन काठमाडौं : महानगर’ उत्कृष्ट फिचर फिल्म बन्यो ।

जितसँगै ‘महानगर’ले एक लाख रुपैयाँ प्राप्त गर्‍यो । ‘चिसो एस्ट्रे’बाट दिव्यदेवले करिअरमै पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड जिते भने ‘महानगर’बाट मेनुका प्रधान उत्कृष्ट अभिनेत्री घोषित भइन् ।

उत्कृष्ट फिल्महरुलाई पुरस्कार प्रदान गर्दै पाँच दिनसम्म चलेको महोत्सव सोमबार सकिएको हो । देशविदेशका लामा, छोटा, डकुमेन्ट्री र एनिमेटेडसहितका सात विधामा १४ अवार्ड दिइयो ।

महोत्सवमा केही फिल्म भर्चुअल र अधिकांश भौतिक रुपमै देखाइएका थिए । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवमा चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिका सहआयोजक थिए ।

विजेताको सूची

अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्म : नो ग्राउण्ड बेनेअथ द फिट

राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्म : वान नाइट इन काठमाडौं : महानगर

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्री : गोर्खा गर्ल

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट एनिमेटेड : हर्ट अफ गोल्ड

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म : अल सिट

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म : आइस क्रिम

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म निर्देशक : वचन व्यञ्जनकार (ट्रफी)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म निर्देशक : मोहन राई (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पुरुष कलाकार : दिव्य देव (चिसो एष्ट्रे)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म महिला कलाकार : मेनका प्रधान (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पटकथा : मोहन राई (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म छायांकन : उज्ज्वल बस्ताकोटी (चिसो एस्ट्रे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?