+
+

सावधान ! सेल्फीले कुरुप बनाउँछ अनुहार, बढाउँछ डिप्रेसन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १३:२०

२२ चैत, काठमाडौं । स्मार्टफोन उद्योगमा आएको क्रान्तिसँगै सेल्फीको क्रेज पनि बढिरहेको छ । एक अध्ययन अनुसार स्मार्टफोन प्रयोगकर्ताले औषतमा वर्षमा ४ सय ५० वटा सेल्फी खिच्दछन् । तर पछिल्लोपटक गरिएको एउटा अर्को अनुसन्धानको नतिजा थाहा पाउनुभयो भने तपाईले सेल्फी खिचिरहने हिम्मत गर्नु हुने छैन ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार अत्यधिक सेल्फी खिच्ने बानीले मानिसको अनुहारको रुप नै बिगारिदिन्छ भने नाक सामान्य तस्वीरको तुलनामा लामो तथा चौडा देखिन्छ ।

बेलायतमा नाकको सर्जरी अर्थात् राइनोप्लास्टी कस्मेटिक सर्जरी निकै लोकप्रिय बनिरहेको छ । शोधकर्ताहरुका अनुसार सेल्फीको क्रेजका बीच नाकको उक्त कस्मेटिक सर्जरी गर्न चाहने मानिसहरुको संख्यामा पनि तिव्र वृद्धि भएको छ ।

शोधकर्ता टोलीका प्रमुख डाक्टर बर्डिया अमीरलाकका अनुसार सेल्फी तस्वीरमा वृद्धि तथा राइनोप्लास्टीका लागि आउने अनुरोधमा भएको वृद्धिका बीच उल्लेख्य सम्बन्ध छ, खासगरी युवाहरुमा ।

शोधकर्ताहरुले सेल्फीले अनुहारको विशेषतालाई कसरी प्रभावित गर्दछ भन्ने कुरा पत्ता लगाउनका लागि ३० जना स्वयंसेवकहरुलाई नियुक्त गरेका थिए । उनीहरुलाई एकठाउँमा बसालेर एक एक गरी तिनवटा तस्वीर खिचियो ।

त्यसक्रममा दुईवटा सेल्फी १२ र १८ इन्चको दूरीबाट खिचियो भने अर्को तस्वीर ५ फिटको दूरीमा डिजिटल क्यामराबाट खिचियो । तिनवटै तस्वीर एउटै पोजिसनमा लिइएको थियो । तर तस्वीर सार्वजनिक भएसँगै हैरान पारिदिने नतिजा निस्कियो ।

त्यसरी खिचिएका तस्वीरमा अनुहारका मुख्य चार अंग अर्थात् नाक, ओठ, चिउडो र अनुहारको चौडाइको नापको तुलनात्मक अध्ययन शोधकर्ताहरुले गरेका थिए ।

त्यसक्रममा सेल्फी क्यामराबाट खिचिएका तस्वीरले अनुहारको वास्तविक स्वरुपलाई उल्लेख्य रुपमा बिगार्ने तथ्य पुष्टि भयो । उक्त तस्वीरहरु मध्ये १२ इन्चको दूरीबाट खिचिएको सेल्फीमा नाकको लम्बाई यथार्थ भन्दा ६.४ प्रतिशत लामो र १८ इन्चको दूरीबाट खिचिएको सेल्फीमा ४.३ प्रतिशत लामो देखियो ।

उता सेल्फीमा चिउडोको आकार भने यथार्थ भन्दा सानो देखियो। १२ इन्चको दूरीबाट खिचिएको सेल्फीमा चिउडोको लम्बाई १२ प्रतिशत कम पाइयो । समग्रमा सेल्फी तस्वीरमा नाक र चिउडोको लम्बाइको अनुपातमा १७ प्रतिशतले वृद्धि भएको पाइयो ।

त्यस्तै सेल्फी तस्वीरमा अनुहारको चौडाइको अनुपामा नाकको फेँद बढि चौडा देखिने गर्दछ ।

सेल्फीमा हुने यस्तो अनुहारको विकृति सहभागीहरु ऋाफैले आफ्नो अनुहारका बारेमा बताएको कुरामा पनि प्रतिविम्बित भयो ।

डिजिटल क्यामराबाट खिचिएको तस्वीरमा देखिएको नाकभन्दा सेल्फी तस्वीरमा देखिएको आफ्नो नाकको आकारमा सन्तुष्ट हुनेको संख्या ९.१ प्रतिशत कम थियो । त्यस्तै समग्र अनुहारको तस्वीरमा सन्तुष्ट हुनेको संख्या सेल्फीवाला तस्वीरमा ५.७ प्रतिशत कम पाइयो ।

शोधकर्ता अमिरलाकका अनुसार सेल्फीको लोकप्रियता बढ्दै जाँदा यसले हाम्रो अनुहारको वास्तविक स्वरुपलाई कसरी बिगारिदिन्छ र मानिसहरुले त्यसलाई कसरी लिन्छन् भन्ने कुरा बुझ्न जरुरी छ ।

सेल्फी तस्वीरले बिगारिदिने अनुहारको चित्रले मानसिक स्वास्थयमा समेत नकारात्मक असर पारिरहेको शोधकर्ताको भनाई छ ।

सेल्फीमा आफ्नो अनुहारको तस्वीर वास्तविक भन्दा नराम्रो अर्थात् बिग्रिएको देखिने हुनाले मानिसहरुले नाकको सर्जरी अर्थात् राइनोप्लास्टी गर्नुका साथै अनुहार प्रतिको वितृष्णालै डिप्रेसन तथा एन्जाइटीका समस्या पनि देखिने गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?