+
+

यात्रुको स्वास्थ्यमा समस्या देखापरेपछि नेपालगञ्जमा बुद्धको जहाज आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १३:०९
फाइल तस्वीर

२३ चैत, काठमाडौं । धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको छ ।

बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । सो जहाजलाई धनगढीबाट नजिकैको नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको छ ।

विमानस्थलमा एम्बुलेन्स र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको थियो । यात्रुको चेकजाँच र यात्रुले ठिक छ भने पछि बिरामी आफन्तका साथमा बाहिर निस्किएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?