+
+

च्याम्पियन्स लिग प्रिभ्यू : बायर्न म्युनिखलाई चुनौती दिँदै भियारियल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १६:३६

२३ चैत, काठमाडौं । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भियारियलले जर्मन महारथी टोली मानिने बायर्न म्युनिखसँग गर्दैछ । खेल नेपाली समयअनुसार रातीको १२ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा भियारियल बलियो बायर्नलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने दाउमा छ । भियारियल स्पेनिस लिगाको सातौं स्थानमा छ ।

जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको बायर्न पनि यो खेल जितेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

टोलीको लागि पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछन् । उनले यो सिजन ३८ खेलमा ४५ गोल गरिसकेका छन् ।

यी दुई टोली तेस्रो पटक आमाने–सामाने हुन लागेका हुन् । पछिल्लो पटक यी दुई टोलीले २०११ को च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । दुवै खेलमा बायर्न विजयी भएको थियो । बायर्न सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा भियारियल भने हार भुल्दै जितको खोजीमा मैदान उत्रिने छ ।

भियारियलको संभावित टिम : जियोभानी लो सेल्सो, जेरार्ड मोरेनो, एर्नाउट डानजुमा, म्यानुयल ट्रिगुइरोस, इटिने कापोई, ड्यानियल पारेजो, अलफन्सो पेडराजा, पाउ टोरेस, राहुल एल्विओल, जुआन फोयथ र गोलरक्षक जेरोनिमो रुल्ली ।

बार्यन म्युनिखको संभावित टिम : रोवर्ट लेवान्डोस्की, थोमस मुलर, किङ्सले कोमान, लेरोए साने, लियोन गोरेट्जका, योसुवा किम्मिख, थियो हर्नान्डेज, निकोलस सुल, बेन्जामिन पाभार्ड, डेअट उपमिकानो र म्यानुयल नुयर ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?