
२४ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् ।
संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।
उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बन्दी कानुनमन्त्री भएपछि उक्त मन्त्रालय सम्हाल्दै आएका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री देउवाले आफैंसँग राखेका थिए । देउवाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार गजेन्द्र हमाललाई २२ असोजमा मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।
रक्षा मन्त्रालय अझै खाली
अहिलेको मन्त्रिपरिषदमा रक्षा मन्त्रालयले अझै मन्त्री पाएको छ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि यो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको प्रेस विज्ञप्ति
प्रतिक्रिया 4