+

फुटबल टिमको बन्द प्रशिक्षणमा थपिए विशाल राई

२०७८ चैत  २४ गते १५:२९ २०७८ चैत २४ गते १५:२९
फुटबल टिमको बन्द प्रशिक्षणमा थपिए विशाल राई

२४ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा मिडफिल्डर विशाल राई थप भएका छन् ।

यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । त्यसमा विशाल राईलाई थप गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बन्द प्रशिक्षण यही अप्रिल १५ देखि सुरु हुनेछ ।

राष्ट्रिय टिमका नियमित सदस्य राईलाई मुख्य प्रशिक्षक अल्मुताइरीले बन्द प्रशिक्षणमा बोलाएका थिए । तर लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका विशाल राईसहित मछिन्द्रका खेलाडीहरु एएफसी कपको प्रारम्भिक चरणको खेल खेल्न थाइल्याण्ड गएका थिए ।

विशाल राई सम्मिलित मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणमा श्रीलंकन ब्लु स्टार एससीसँग पहिलो खेलमा पराजित हुँदै बाहिरिसकेको छ ।

आगामी जुनमा कुवेतमा हुने एसियन कप छनोटको समूह ए मा रहेको नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग खेल्नेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुश घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ, विशाल राई ।

फुटबल विशाल राई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय